काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता र १५औँ महाधिवेशनलाई व्यवस्थित बनाउन नेता डा. शेखर कोइरालाले अघि सारेका पाँचबुँदे प्रस्ताव शतप्रतिशत स्वीकार गरिएको बताएका छन्।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले उच्चस्तरीय संयन्त्र गठन, छानबिन तथा निर्वाचन समितिमा सबै पक्षलाई समेट्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नेलगायत प्रस्ताव स्वीकार गरिएको बताए। उनले पार्टीभित्रका वैचारिक मतभेद र चुनौतीलाई सम्बोधन गर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउन सबै नेता–कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com