काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उच्च पदस्थ व्यक्तिहरूको नाम लिएर रकम असुल गरेको आरोपमा उनलाई मन्थलीबाट पक्राउ गरिएको हो।
सीआईबीका अनुसार रकम असुलीका लागि डिल गरेको अडियो र केही प्रमाण भेटिएपछि चौलागाईंलाई नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया