काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैंसी ल्याउने निर्णय किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन् ।

शुक्रबार नेकपानिकट अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री रहेका बेला भारतबाट मुर्रा जातका राँगा ल्याउने निर्णयलाई विरोधीहरूले उपहासको विषय बनाएको बताए ।

उनले मुर्रा जातका भैंसीको प्रजननमार्फत कृषि तथा पशुपालन क्षेत्रमा सुधार ल्याउने उद्देश्य रहेको दाबी गरे ।

‘मुर्रा भैंसी ल्याउने कुरा चानचुने थिएन । दशौँ वर्षदेखि अरूले नसकेको कुरा थियो त्यो । त्यो मुर्रा भैंसी ल्याउने कुरा किसानको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो,’ उनले भने ।

भारत सरकारले २०८० मंसिरमा नेपाललाई उच्च प्रजनन क्षमता भएका १५ वटा मुर्रा राँगा उपलब्ध गराएको थियो ।

प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो सरकारका पालामा कृषि क्षेत्रमा लगानी बढाउने र किसानलाई उत्पादनतर्फ प्रोत्साहित गर्ने गरी बजेट तथा कार्यक्रम अघि बढाइएको पनि बताए ।

‘हामीले विगतमा धेरै गर्न नसकेको भए पनि पछिल्लो सरकारमा हुँदाको बजेट हेर्नुभयो भने कृषि क्षेत्रमा कसरी लगानी बढाउने र किसानहरूलाई कसरी उत्प्रेरित गर्ने भन्नेमा थियो,’ उनले भने ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com