काठमाडौं । काठमाडौंमा स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका ४२ वर्षीय सन्तोष भुसाल र पर्साका ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।
अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया