काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

जयशंकरले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपालीलाई संविधान दिवसको शुभकामना दिएका हुन् ।

‘नेपालको राष्ट्रिय दिवसका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना,’ उनले लेखेका छन् ।

जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजान भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

‘हाम्रो गहिरो र चिरस्थायी मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान प्रतिबद्ध छौँ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com