काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार थप ११ वटा शव फेला परेका छन्।

नेपाली सेनाका अनुसार सुरुङ क्षेत्रमा ग्याबिन जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शवहरू फेला परेका हुन्। उद्धार टोलीले सबै शवलाई सुरुङबाट बाहिर निकालेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आयोजनाका केही श्रमिक तथा कर्मचारी सम्पर्कविहीन भएका थिए। त्यसयता बेपत्ताहरूको खोजी गर्ने क्रममा सुरुङभित्र शवहरू भेटिँदै आएका छन्।

सेनाका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य अझै जारी छ। सुरुङभित्र थप व्यक्ति फसेको वा बेपत्ता रहेको हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै खोजीलाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com