सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले भदौ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाबाट २ वर्ष १ महिना ४ दिन कैद सजाय तथा ३ लाख ७४ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो।

भदौमा जिल्लामा १८ नयाँ मुद्दा दर्ता भएका छन्। तीमध्ये ६ जघन्य तथा गम्भीर अपराध, १ आर्थिक अपराध, २ सामाजिक अपराध र ९ अन्य प्रकृतिका मुद्दा रहेका छन्। प्रहरीले चालु तथा पेन्डिङ गरी १० मुद्दा फर्स्योट गरेको छ भने अनुसन्धानका क्रममा २६ जनालाई पक्राउ गरेको जनाएको छ।

सो अवधिमा भएका १५ सवारी दुर्घटनामा ६ जनाको मृत्यु र २१ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने २१८ सवारी साधनलाई कारबाही गरी २ लाख २ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

यस्तै, नदीजन्य पदार्थको अवैध उत्खनन तथा तस्करीमा प्रयोग भएका ४ टिप्पर र ३ ट्याक्टर नियन्त्रणमा लिइएको छ। वनमा लुकाइराखिएका ७ नाल भरुवा बन्दुक तथा १४० मिलिग्राम ब्राउन सुगरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौमा हराएका ३ महिला, ३ पुरुष र २ बालिका गरी ८ जनालाई सकुशल फेला पारेर आफन्तको जिम्मा लगाइएको छ। घरेलु हिंसासम्बन्धी एक उजुरीमा दुवै पक्षबीच छलफल गराई मिलापत्रसमेत गराइएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com