काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११:०० बजे बैठक आह्वान गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकाज, र संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे गहन छलफल हुनेछ।

साथै, पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजना, र जनसरोकारका विविध विषयहरूलाई कसरी सशक्त रूपमा उठाउने भन्नेबारे पनि सचिवालय बैठकमा निर्णय लिइने जनाइएको छ। बैठकमा पार्टीका प्रमुख पदाधिकारी तथा सचिवालय सदस्यहरूको उपस्थिति रहनेछ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com