काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा परी ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। गएराति गम्हरियामा मोटरसाइकलले पैदल हिँडिरहेका रायलाई ठक्कर दिएको थियो।

सोही मोटरसाइकलको ठक्करबाट मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो पनि घाइते भएका छन्। साइकलमा सवार महतोको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com