काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ मा आइतबार सम्पन्न वडा अधिवेशनबाट खाण क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्।

निर्वाचन अधिकृत विक्रम खड्काका अनुसार वडा अधिवेशनले चिरञ्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ।

क्षेत्रीय प्रतिनिधिमा विमलप्रसाद ढकाल, प्रतिमा खनाल, हरिप्रसाद सुवेदीलगायत २३ जना निर्विरोध चयन भएका छन्।

निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com