काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहसँग प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका अधिकारीसमेत रहनेछन् ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई आगामी असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा उनले नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय चासो तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ । भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सम्बन्ध तथा अन्तर्राष्ट्रिय समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री पद सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

 

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com