काठमाडौं । राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ ।
दाहालकी छोरी डेनिकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । प्रहरीले उनको युट्युब च्यानलमार्फत भूराजनीति तथा उच्च राजनीतिक व्यक्तित्वबारे भ्रामक प्रचार गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउपछि दाहालको थुनालाई गैरकानुनी भएको दाबी गर्दै उनकी छोरीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।
उक्त रिटमा मंगलबार सुनुवाइ भएपछि अदालतले दाहालको पक्राउ तथा हिरासतसम्बन्धी विषयमा आवश्यक आदेश दिन सक्नेछ ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार











प्रतिक्रिया