काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन गरिएको विशेष ‘स्वीप अपरेशन’का क्रममा प्रहरीले ५८ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि सोमबार राति प्रहरीका विभिन्न उच्चस्तरीय युनिटले संयुक्त रूपमा उपत्यकाका विभिन्न क्षेत्रमा अपरेशन सञ्चालन गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्वमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतका टोलीले रातभर छापा मारेका थिए । नियन्त्रणमा लिइएकामध्ये २० जना चिनियाँ नागरिक छन् भने अन्य बंगलादेश, कोरिया लगायत विभिन्न देशका नागरिक रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो गृहमन्त्री गुरुङले सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीलाई काठमाडौंमा अवैध तथा संदिग्ध गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा निगरानी र कारबाही गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै संयुक्त प्रहरी टोली परिचालन गरिएको हो ।
पक्राउ परेकाहरू कुन गतिविधिमा संलग्न थिए भन्नेबारे प्रहरीले अहिलेसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । उनीहरूको भिसा अवस्था तथा सम्भावित गैरकानुनी गतिविधिबारे अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया