काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनाकी सिपाही कृति कुमालको परिवारले अन्ततः कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।
व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा कार्यरत थिइन्। बाढीपछि उनको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर मंगलबार दाहसंस्कार गरेको हो।
दाहसंस्कारअघि नेपाली सेनाको टोलीले घाटमा पुगेर कुमालप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। त्यसपछि उनका हजुरबुबा गुरुबहादुर कुमालले कुशको शवमा दागबत्ती दिएका थिए।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया