काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् र त्यसपछि महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। असोज ९ गते न्युयोर्कबाट दोहा हुँदै असोज १० गते नेपाल फर्किने उनको तालिका रहेको छ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया