काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.प्र. ०२–०६० प ८३३२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा मध्यपुर थिमि नगरपालिका–६ का २२ वर्षीय अनिश छुज घाइते भएका थिए। गम्भीर घाइते उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया