मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा घरको भर्‍याङबाट लडेर गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

मनहरी गाउँपालिका–९ ज्यामिरेका राजकुमार स्याङ्बोका पाँच वर्षीय छोरा पेमा स्याङ्बोको बिहीबार दिउँसो चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार बिहान करिब १० बजे बालक आफ्नै घरको भर्‍याङबाट लडेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हजुरबुवा छबिलाल स्याङ्बोले तत्काल उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्‍याएका थिए।

अस्पतालका अनुसार बालकलाई दिउँसो १२ः१५ बजे अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले १२ः२८ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनाको प्रारम्भिक मुचुल्का तयार गरी बालकको शव पोस्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे दिउँसो १ः२० बजे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com