काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटीको बैठकले उनलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
२०७९ फागुन २५ गते राष्ट्रपतिको पदबाट बिदा भएकी भण्डारी त्यसपछि पार्टी राजनीतिमा फर्किने प्रयासमा थिइन्। पार्टी सदस्यता दिने वा नदिने विषयमा छलफल हुँदै आए पनि अन्ततः एमालेले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया