काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रतिकूल मौसमका कारण प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।

देशका विभिन्न ठाउँमा भइरहेको भारी वर्षाका कारण अधिवेशन सञ्चालनमा समस्या देखिएपछि निर्वाचन समितिले कार्यतालिकामा लचकता अपनाउँदै उक्त समयसीमा तोकेको हो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन अधिकांश सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन जारी छन्। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com