काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार हनुमानढोका पुगेर इन्द्रजात्रा अवलोकन गरेका छन्।
उनले गद्दीबैठकबाट जात्रा हेर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला तथा भेटी अर्पण गरेका थिए। कार्यक्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति थियो।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया