काठमाडौं । अविरल वर्षापछि आएको बाढी र लेदोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–४ स्थित ठाडाखोला क्षेत्रमा सडक अवरुद्ध भएको छ। बाढीले सडकमा क्षति पुर्याएपछि बिहीबार साँझदेखि यातायात ठप्प भएको हो।
सडकमा जमेको लेदो हटाएर यातायात सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भइरहेको भए पनि निरन्तर वर्षाका कारण सडक खुलाउन कठिनाइ भइरहेको छ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया