काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ वटा सवारीसाधनमाथि पछिल्लो २४ घण्टाभित्र कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६:०० बजेसम्मको अवधिमा विभिन्न ट्राफिक नियम मिच्ने सवारी चालकहरूलाई कारबाही गरिएको हो।

कारबाही परेकामध्ये तीव्र गतिमा चलाउने ३ वटा, अनावश्यक हर्न बजाउने १, रेड लाइट मिच्ने १, ‘वन वे’ (एकतर्फी बाटो) उल्लङ्घन गर्ने १ र अन्य विभिन्न प्रकृतिका नियम उल्लङ्घन गर्ने ५७ वटा सवारीसाधन रहेका छन्।

प्रहरीले मादक पदार्थ सेवन (मापसे), सीसीटीभी निगरानी, लेन अनुशासन तथा सवारीको प्राविधिक अवस्था लगायतका विषयमा कडाइ गर्दै आएको छ। उपत्यकामा सवारी आवागमनलाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियमको अनिवार्य पालना गर्न चालक तथा सर्वसाधारणलाई अपिल गरिएको छ।

साथै, ट्राफिकसम्बन्धी कुनै पनि आपत्कालीन सहयोग वा जानकारीका लागि प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com