काठमाडौं । बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। अविरल वर्षापछि जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर र निसीखोला–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो।
दुवै सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले तत्काल पहिरो हटाउन कठिन भएको भन्दै प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया