काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले जबरालाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

यद्यपि, जबराविरुद्ध परेको उजुरीको विषयवस्तु भने तत्काल सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।

जबराले २०७५ पुस १८ गते नेपालको प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट निलम्बित भएका थिए।

महाअभियोग प्रस्ताव संसद्बाट पारित हुन नसके पनि त्यसपछि जबरा सर्वोच्च अदालतको नियमित कार्यसम्पादनमा फर्किन सकेनन्।
जबराविरुद्ध परेको पछिल्लो उजुरी र पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा थप विवरण सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com