काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ। गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन भएको हो।

जिल्लाका ८५ वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेसकासचिव हरिहर शर्माले जानकारी दिए।

बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशिराम आचार्य सर्वसम्मत चयन भएका छन्।

यसैगरी, गलकोट नगरपालिकामा हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित भएका छन्। उनले १७१ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गरे।

ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन भएका छन्।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com