काठमाडौं । पूर्वगृहमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सुरक्षाको कारण देखाउँदै प्रहरी कार्यालयमा राखिएको विषयमा प्रश्न उठाएका छन्।

सुरक्षा संवेदनशीलता देखिएको अवस्थामा पूर्वपदाधिकारीलाई घरमै सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हुने शर्माको तर्क छ। त्यसको सट्टा सुरक्षाको कारण देखाएर प्रहरी कार्यालयमा राख्नु कति न्यायसङ्गत हुन्छ भन्ने उनले प्रश्न गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले भनेका छन्, ‘सुरक्षा थ्रेट भएपछि पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिने राज्यको दायित्व होला। सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लिएर राख्नु कति न्यायसङ्गत होला ?’

पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

राणाको सुरक्षाको विषयलाई लिएर शर्माले राज्यले अपनाएको कदममाथि प्रश्न उठाउँदै पूर्वपदाधिकारीको सुरक्षा व्यवस्थापनका सम्बन्धमा राज्यको दायित्वबारे ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This