काठमाडौं । नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ८ सयभन्दा बढी नागरिकलाई सुरक्षित रूपमा नारायणीवारि ल्याइएको छ।
बाढीको सतह बढ्दै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरूलाई सुस्ता बालिनगरस्थित बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो।

सुस्ताका २१९ घरधुरीमा करिब १ हजार ४५० नागरिक रहेकामा केही यसअघि नै आफन्तको घरमा गइसकेका थिए। बाढीपीडितलाई उद्योग वाणिज्य महासंघ र नेपाल रेडक्रस सोसाइटी नवलपरासीले राहत सामग्री वितरण सुरु गरेका छन्।

यसैबीच, गण्डक ब्यारेजमा पानीको बहाव ४ लाख ७९ हजार १ सय क्युसेक पुगेको जनाइएको छ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This