काठमाडौं । प्युठानसहित रोल्पा र रुकुम पूर्वका विभिन्न क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत कार्य तीव्र पारिएको छ। अर्घाखाँचीबाट प्युठानतर्फ आउने ३३ केभी प्रसारण लाइन मर्मतपछि आइतबार साँझ ७ बजेसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुने अपेक्षा गरिएको छ।
त्यस्तै, लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा क्षतिग्रस्त कन्डक्टर मर्मत भइरहेको छ। उक्त लाइन राति १० बजेसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। रोल्पाको होलेरी र थवाङ तथा रुकुम पूर्वका विभिन्न क्षेत्रमा पनि पहिरो, रुख र पोल ढल्दा विद्युत् संरचनामा क्षति पुगेको छ। प्राविधिक टोली परिचालन गरी मर्मत भइरहेको र प्रभावित क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् सेवा पुनःस्थापना गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया