काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढी हेर्न बागलुङको ढोडेनीमा सर्वसाधारणको भीड लागेको छ।

आइतबार बिहानैदेखि बागलुङ बजारबाट स्थानीय जिप, अटोरिक्सा तथा मोटरसाइकलमा सर्वसाधारण ढोडेनी पुगिरहेका छन्। कतिपयले बाढी हेर्नकै लागि गाडी रिजर्भ गरेरसमेत त्यहाँ पुगेका छन्।

बागलुङ नगरपालिका–५ स्थित ढोडेनीबाट पर्वतको जलजला गाउँपालिका–८ स्थित पोर्से क्षेत्रमा कालीगण्डकीको बाढी पसेको दृश्य देखिने भएकाले स्थानीयको आकर्षण बढेको हो।

बाढीको जोखिम कायमै रहे पनि कतिपय स्थानीय नदी आसपास पुगेर फोटो तथा भिडियो खिच्ने र टिकटक बनाउने गरेका छन्। जोखिमपूर्ण स्थानमा पुगेर फोटो–भिडियो नबनाउन प्रहरीले उनीहरूलाई पटक–पटक सचेत गराइरहेको छ।

नदीमा पानीको बहाव बढिरहेका कारण बाढी हेर्न जाँदा जोखिमपूर्ण स्थानमा नजान र सुरक्षाका उपाय अपनाउन प्रहरीले आग्रह गरेको छ।

तस्बिरहरु- डम्मर बुढामगर, बागलुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This