काठमाडौं । देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। अहिले हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। बुधबारदेखि भने मौसम थप प्रभावित हुने देखिएको छ।
बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रका केही स्थान र कोशीको तराईमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया