काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आएकी छिन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न भण्डारी रुपन्देही आएकी हुन् ।

प्रतियोगिता सोमबारदेखि सुरु भए पनि भण्डारी मौसमका कारण समयमै बुटवल आउन नसकेपछि उद्घाटन कार्यक्रम आजका लागि सारिएको हो । उनी सोमबार राति रुपन्देही आइपुगेकी थिइन् ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार भण्डारीले आज दिउँसो १ बजे प्रतियोगिताको औपचारिक उद्घाटन गर्नेछिन् । त्यसअघि उनले एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि भण्डारी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको गैरेले राताेपाटीलाई बताए ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com