काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मनाङे मंगलबार पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको संस्थापनइतर समूहमा सहभागी भएका हुन्। उनलाई १५औँ महाधिवेशन तयारीका लागि गठित समूहका संयोजक शशांक कोइरालाले पार्टीमा स्वागत गरेका थिए।

कांग्रेस प्रवेशसँगै मनाङेलाई मनाङ जिल्लामा महाधिवेशन तयारीसम्बन्धी कामको संयोजकको जिम्मेवारीसमेत दिइएको कोइरालाको सचिवालयले जनाएको छ।

मनाङे यसअघि मनाङबाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com