काठमाडौं। अविरल वर्षाका कारण पहिरो र सडक भासिएर क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिन सडकखण्डमा दसैँअघि यातायात सहज बनाउन मर्मत तथा सुधारको काम तीव्र पारिएको छ।
सडकका विभिन्न स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि कृष्णभीर र धारापानीलगायत केही ठाउँमा अझै एकतर्फी यातायात चलिरहेको छ। यी स्थानमा सडक दुईतर्फी बनाउने काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ।
चालिसे (४० किलो) क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकाले डोजर, एक्साभेटर र प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। दसैँमा यात्रुको चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुर्ने तथा सडकलाई सुरक्षित र सहज बनाउने कामलाई प्राथमिकता दिइएको छ।
प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया