काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ मा ७५ वर्षीय गंगाराम शाहीको हत्या गरेको आरोपमा उनकी माइली बुहारी समिला शाही पक्राउ परेकी छन्। धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शाही मृत फेला परेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा समिलाको संलग्नता देखिएपछि मृतकका छोरा राजकुमार शाहीको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। अदालतबाट १० दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com