काठमाडौं। बैंकिङ कसुर मुद्दामा रु ८० लाख बिगो कायम भई फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४१ वर्षीय राजकुमार बिडारी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी भएपछि बिडारी फरार रहेका थिए।

पक्राउ परेका उनलाई आज थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com