काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षले पार्टीको नीति र अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक अधिवेशनभन्दा बाहिरका प्रक्रियामा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको हो ।

काँग्रेसका नाममा भएका अनाधिकारिक क्रियाकलाप भइरहेकोप्रति अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भइरहेको जनाएको छ ।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको समानान्तर अधिवेशनलाई लक्षित गरी अनुशासन समितिले पार्टी हित प्रतिकूलका अवाञ्छित गतिविधिमा लाग्नेहरूलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको हो।

अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधिदेखि साधारण क्रियाशील सदस्यसम्म कसैलाई पनि अनुशासन उल्लङ्घन नगर्न कडा निर्देशन दिएका छन्।

पार्टीका कतिपय पदाधिकारी, नेता तथा जनप्रतिनिधिहरू पार्टीकै नाममा पार्टी हित विपरीतका गतिविधिमा सक्रिय रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ।

कार्यवाहक संयोजक धमलाका अनुसार त्यस्ता गतिविधिहरूलाई समितिले अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको छ।

पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नरोकेमा समिति तत्काल कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुने उनले चेतावनी दिएका छन्।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com