काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवा बाढीपहिरो प्रभावित क्षेत्रको खोजी तथा उद्धारमा सबैभन्दा बढी आफ्नै पार्टीका नेता-कार्यकर्ता खटिएको दाबी गरेका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले विपद्को घडीमा आफ्नो पार्टी पंक्ति अग्रपंक्तिमा रहेर जनताको सेवामा जुटेको बताएका हुन्।

‘आन्दोलनका बेला लाखौं कार्यकर्ता उतार्ने दाबी गरे पनि विपद्‌मा किन उपस्थिति देखिएन ?’ भनी सञ्चारकर्मीले गरेको प्रश्नको प्रतिवाद गर्दै संयोजक प्रचण्डले अरू कसैको भन्दा प्रभावकारी रूपमा आफ्ना कार्यकर्ता खटिएको जिकिर गरे।

‘सबभन्दा राम्रोसँग फिल्डमा कसैका कार्यकर्ता गए भने त्यो हाम्रै पार्टीका हुन्,’ संयोजक प्रचण्डले भने, ’तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका घटनाहरू देख्नुभयो होला। यो विपद्‌मा अरू को परिचालित भयो ?’

पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लगायतका नेता-कार्यकर्ता बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा बाटो खुलाउने काममा निरन्तर सक्रिय रहेको उनको दाबी थियो।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com