काठमाडौं । लेटाङ नगरपालिका–९, हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो राति १०ः३५ बजे जाँते बजारबाट पथरी जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक झापा, घेराबारीका २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र जिल्ला मोरङ, पथरीशनिश्चरे गाँउपालिका(०८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो ।

उपचारक्रममा असोज राति १२ बजे कुमार नेपाली र सन्देश नेपालीलाई चिकित्सकले मृतक घोषणा गरेका हुन् ।

मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com