काठमाडौं। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिले त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएको छ।
कांग्रेसको विधानअनुसार कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा आफूले प्रतिस्पर्धा गरेको तहभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको केन्द्रीय निर्वाचन समितिले स्पष्ट गरेको छ।
यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने समितिले जनाएको छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया