भाेटेकाेशि बाढि कारण सडक अवरुद्ध हुँदा अस्पताल पुग्न नसकेका तारकेश्वर गाउँपालिका–२ का स्थानीयका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

तीन युवाको संयुक्त पहलमा माझीगाउँ र ठुलोपोखरीमा आयोजित शिविरमा ३०० भन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधि तथा १५० भन्दा बढीलाई आँखाको परीक्षण गरी आवश्यक व्यक्तिलाई चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।

तारकेश्वर गाउँपालिकाका सबै ६ वडामा शिविर सञ्चालन गर्ने योजना रहेको आयोजकहरूले बताएका छन्। अस्पतालसम्म पुग्न नसकेका स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com