काठमाडाैं । साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला चार हजार ४५० रुपैयाँ रहेको चाँदी आज चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया