काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदका लागि बुद्ध लामाले उम्मेदवारी घोषणा गरेका छन्।
लामाले कांग्रेसको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएको भन्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने तथा आदिवासी जनजाति र युवा पुस्ताको प्रतिनिधित्वलाई बलियो बनाउने एजेन्डासहित उम्मेदवारी अघि सारेका छन्।
लामा पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको बताइएको छ। कार्यकर्तासँगको निरन्तर सम्पर्क र संगठन निर्माणमा आफ्नो अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्ने उनको लक्ष्य छ।
आसन्न महाधिवेशनमा उनले महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन र मतका लागि आग्रहसमेत गरेका छन्।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया