काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई एउटा राजनीतिक दलभन्दा माथि नेपालको लोकतान्त्रिक चेतना, स्वतन्त्रताको संघर्ष र जनअधिकारको लामो यात्राको प्रतिनिधिका रूपमा चित्रण गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले पार्टीको इतिहास त्याग, बलिदान र संघर्षबाट निर्माण भएको बताए।

उनले लोकतन्त्र र नागरिक अधिकारका लागि कांग्रेसका हजारौँ नेता–कार्यकर्ताले जेलनेल भोग्दै आफ्नो जीवन समर्पण गरेको स्मरण गरे।

पार्टीको यही विरासतलाई आन्तरिक विवादका कारण कमजोर बनाउन नहुनेमा पौडेलले जोड दिए। कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई अझ सुदृढ बनाएर आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ।

‘यो विरासतलाई हामी आपसी विवादमा फसेर कमजोर हुन दिने छैनौँ। यसलाई अझ बलियो बनाएर अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ,’ उनले भने।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com