काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टासम्म ह्याक भएको बताएका छन्।

आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खड्काले शुभचिन्तकहरूले तत्काल सूचना दिएपछि अकाउन्ट जाँच गरी पुनः आफ्नो नियन्त्रणमा ल्याइएको बताएका हुन्।

ह्याक भएको अवधिमा आफ्नो फेसबुक अकाउन्टबाट कुनै आपत्तिजनक वा गलत सामग्री पोस्ट भएको भए त्यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन्।

खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो फेसबुक कसैले केही समय (करिब आधा घण्टाजति) ह्याक गरिदिएको बुझियो। तत्काल शुभचिन्तकहरूले जानकारी गराएकाले चेक गर्न लगाएर ठीक गर्न लगाइयो।’

उनले ह्याक भएको समयमा आफ्नो फेसबुक वालबाट कुनै गलत पोस्ट गरिएको भए त्यसलाई लिएर भ्रममा नपर्न सबै शुभचिन्तक तथा साथीहरूलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com