काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई फकाएर राख्नुभन्दा अब छोडिदिनु उपयुक्त हुने सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई देउवाका विषयमा यस्तो सुझाव दिएका हुन्।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने।

उनले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार आफूलाई अघि बढाउनुपर्ने बताए।

कांग्रेसको इतिहास नै उसको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै लामिछानेले विगतका अनुभवबाट पाठ सिकेर नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्नुपर्ने धारणा राखे।

उनले कांग्रेसको नयाँ नेतृत्वले पुरानो विरासतको सम्मान गर्दै समकालीन राजनीतिक आवश्यकता र नयाँ पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्ने बताए।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com