काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ‘नयाँ दल’ भनेको विषयप्रति व्यंग्य गरेका छन्।

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा देखिएको राजनीतिक जमघट र प्रधानमन्त्री शाहको टिप्पणीलाई लिएर व्यंग्य गरेका हुन्।

उनले कांग्रेसको महाधिवेशनमा नयाँ र पुराना राजनीतिक दलबीचको सम्बन्ध, सहकार्य तथा दूरीका विषयमा विभिन्न अभिव्यक्ति सुनिएको उल्लेख गरेका छन्।

‘एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ–पुराना दलका मिलन–विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति साह्रो नहेपेको भए हुने थियो,’ बाँस्कोटाले लेखेका छन्।

प्रधानमन्त्री शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस महाधिवेशनमा प्रयोग भएको खुलामञ्चलाई संकेत गर्दै ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्ने आशयको स्टाटस लेखेका थिए।

सोही टिप्पणीलाई लिएर बाँस्कोटाले प्रधानमन्त्री शाहप्रति व्यंग्य गरेका हुन्।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com