काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। नेकपा परित्याग गरेको घोषणा गर्दै खनालले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ अभियान अघि बढाउने घोषणा गरेका हुन्।

खनालको नेतृत्वमा अघि बढ्ने अभियानले समाजवादी आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने लक्ष्य लिएको छ। अभियानको पहिलो भेलाले विभिन्न विषय समेटिएका १५ वटा प्रस्तावसमेत पारित गरेको छ।

पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय नीतिको पुनरावलोकन गर्नुपर्ने विषयदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।

अभियानले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय सरोकारका विषयलाई समेत प्राथमिकतामा राख्दै आगामी कार्यक्रम अघि बढाउने जनाएको छ।

खनालले कम्युनिस्ट तथा समाजवादी आन्दोलनलाई नयाँ वैचारिक आधारसहित पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि अभियानलाई केन्द्रित गर्ने बताएका छन्।

यस्ता छन् प्रस्तावहरू

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com