काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ।

न्यायपरिषद्का एक सदस्यका अनुसार सिफारिस हुनेमध्ये उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दबाहेक अन्य सबै उच्च अदालतका मुख्य न्यायाधीश हुन्।

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन्। परिषद्ले सिफारिस गरेका चारमध्ये एक जनाको नाम भने परिषद् सदस्यले खुलाएका छैनन्।

परिषद्ले गरेको सिफारिस अब संवैधानिक प्रक्रियाअनुसार अघि बढ्नेछ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com