काठमाडौं । सरकारले निजामती प्रशासनतर्फ व्यापक हेरफेर गर्दै एकैपटक ४४ जना उपसचिवको सरुवा तथा काज पदस्थापन गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनिक आवश्यकता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवा सूचीअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत उपसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको छ। केहीलाई मन्त्रालय तथा विभागमा तानिएको छ भने मन्त्रालय र अन्य निकायमा कार्यरत अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा खटाइएको छ।
सरुवा हुनेमा लोकबहादुर लोप्चन, रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल र जितेन्द्रकुमार यादवसहितका उपसचिव छन्।
यस्तै, अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरे र गृह मन्त्रालयका भक्तिराम मरासिनीसहितका अधिकारीको पनि जिम्मेवारी हेरफेर गरिएको छ।
मन्त्रालयले सरुवा भएका सबै उपसचिवलाई नयाँ जिम्मेवारीअनुसार यथाशीघ्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया