काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा पुनः हवाई आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ।
किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणबाट केही गोदाममा क्षति पुगेको छ। युक्रेनी वायुसेनाले ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत आक्रमण हुन सक्ने भन्दै यसअघि नै चेतावनी जारी गरेको थियो।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको बताएका थिए।
जाडोयाम सुरु हुनुअघि रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ। रुसले भने युक्रेनले रुसी नागरिक पूर्वाधारमा गरेका आक्रमणलाई बेवास्ता गरिएको भन्दै आलोचना गरेको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया